काठमाडौँ। सगरमाथा जलविद्युत कम्पनीको मुनाफामा २१.३५ प्रतिशतको गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०\८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार, कम्पनीले ४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कमाएको ६ करोड ३५ लाख रुपैयाँको तुलनामा २१.३५ प्रतिशतले घटेको हो।
विद्युत बिक्रीबाट कम्पनीले २५ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आवको २५ करोड ५० लाख रुपैयाँको तुलनामा १.४६ प्रतिशतले कम हो। समीक्षा अवधिमा कम्पनीले ५० लाख २६ हजार रुपैयाँ रोयल्टी खर्च, २ करोड ५४ लाख आयोजना खर्च, र ९८ लाख ५३ हजार रुपैयाँ प्रशासनिक खर्च गरेको छ।
त्यसैगरी, वित्त खर्च १० करोड ७७ लाख रुपैयाँ र ह्रासकट्टी खर्च ६ करोड १८ लाख रुपैयाँ रहेको छ। कम्पनीले १ करोड २८ लाख रुपैयाँबराबरको अन्य सञ्चालन आम्दानी पनि गरेको हो।
कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ, जबकि रिटेन्ड अर्निङको आकार ७९.४८ प्रतिशतले वृद्धि भई १० करोड ६९ लाख रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी ४.८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.५५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २०६.६४ रुपैयाँ, पीई रेसियो ८३.८० गुणा र तरलता अनुपात १३३ प्रतिशत कायम भएको हो।
प्रतिक्रिया