वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आरम्भ चौतारी लघुवित्तले ४ करोड ३५ लाख नाफा कमायो, खराब कर्जा घटाउँदै

अर्थलगानी
२०८१ श्रावण २९, मंगलवार

काठमाडौँ। आरम्भ चौतारी लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा ६ करोड ५ लाख ७० हजार रुपैयाँ नोक्सानमा रहेको कम्पनीले यस पटक नाफा आर्जन गर्न सफल भएको हो। कम्पनीले खराब कर्जा भारी मात्रामा घटाउँदा नाफामा उल्लेख्य वृद्धि भएको हो।

अघिल्लो वर्ष १०.५८ प्रतिशत रहेको आरम्भ चौतारीको खराब कर्जा हाल घटेर ३.०७ प्रतिशतमा झरेको छ। साथै, कम्पनीको सञ्चालन नाफा पनि ६०.६७ प्रतिशतले वृद्धि भई ६ करोड २१ लाख रुपैयाँ पुगेको छ, जसले कम्पनीको समग्र नाफा वृद्धि गर्न मद्दत पुर्याएको छ। अघिल्लो वर्ष कम्पनीको सञ्चालन नाफा ३ करोड ८६ लाख रुपैयाँ थियो।

कम्पनीको खुद ब्याज आम्दानी भने २ प्रतिशतले घटेर २७ करोड रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष २७ करोड ६१ लाख रुपैयाँ थियो। असार मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ३६ करोड ७१ लाख रुपैयाँ रहेको छ, र जगेडा कोषमा १६ करोड ७० लाख रुपैयाँ छ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि सुधार हुँदै ११ रुपैयाँ ८५ पैसा (वार्षिक) कायम भएको छ, जसले अघिल्लो वर्षको १६ रुपैयाँ ५० पैसा ऋणात्मक प्रतिसेयर आम्दानीलाई सकारात्मक बनाएको छ। साथै, प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ९३ पैसा पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी