वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्लोबल आइएमई बैंकको ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह

अर्थलगानी
२०८१ श्रावण ३०, बुधबार

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरूलाई आग्रह गरेको छ। बैंकले जारी गरेको सूचनामा विभिन्न साधारण सभाबाट पारित भएका ५ वर्ष पुराना नगद लाभांशहरू अझै बुझ्न बाँकी रहेका सेयरधनीहरूले आवश्यक कागजात र विवरणसहित एक महिनाभित्र बैंकको सेयर रजिष्ट्रार, ग्लोबल आइएमई क्यापिटल (नक्साल, काठमाडौं) मा सम्पर्क गर्नुपर्ने जनाएको हो।

यदि निर्धारित समयभित्र सेयरधनीहरूले नगद लाभांश बुझिलिएन भने उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिनेछ। यससँग सम्बन्धित सेयरधनीहरूको विवरण बैंक र ग्लोबल आइएमई क्यापिटलको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी