वि.सं. २०८२ असार ८, आईतवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल टेलिकमको खुद नाफा १६.४४ प्रतिशतले घट्यो, आम्दानीमा पनि कमी

अर्थलगानी
२०८१ श्रावण ३१, बिहीबार

काठमाडौँ ।नेपाल टेलिकमले गत आर्थिक वर्षमा ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको ७ अर्ब ९२ करोड १ लाख रुपैयाँको तुलनामा १६.४४ प्रतिशतले कम हो। आम्दानी घटेसँगै नाफा पनि घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ४१ अर्ब ६१ करोड ७१ लाख रुपैयाँमा सीमित भयो, जुन ६।३२ प्रतिशतको गिरावट हो। कम्पनीको वित्तीय आम्दानी पनि १६.६८ प्रतिशतले घटेर ६ अर्ब ४८ करोड १९ लाख रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २४ पैसा घटेर ३६ रुपैयाँ ७७ पैसामा पुगेको छ। सोही अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ ५२५ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.९८ गुणा छ। नेपाल टेलिकमको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७६ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी