काठमाडौं ।आज साताको अन्तीम कारोवारको दिन(शुक्रबार) नेप्से सूचक ४३.०५ अंकले वृद्धि भएको छ । नेप्से सुचक ४३.०५ अंकले बढेसँगै ३०००.८१ बिन्दुमा पुगेको हो । जुन लगभग तीन वर्ष यताकै उच्च बिन्दु हो। यसअघि २०७८ भदौ १३ गते नेप्से ३०४४ बिन्दुमा बन्द भएको थियो।
यस दिन दिनमा झन्डै ३० अर्ब रुपैयाँको सेयर कारोबार भएको छ, जसमा १३ मध्ये ८ वटा समूहका सूचक बढेका छन्। विशेषगरी बैंकिङ समूहमा उल्लेखनीय वृद्धि देखिएको हो ।
आजको दिनमा नेप्से सूचक इन्ट्रा डेमा सजिलै ३ हजारभन्दा माथि पुगेको थियो, तर अन्तिम प्रहरमा केही सेलिङ प्रेसर देखिएपछि सूचक पुनः घटेर ३००० अंकको मनोवैज्ञानिक तहमा आइरहेको हो ।
यस दिन ३३४ कम्पनीको ६ करोड ८९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ, जसमा ९१ करोडभन्दा बढीसहित हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ। दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा माई हाइड्रोपावर र अपि पावर रहेका छन्।
आज कारोबार भएका कम्पनीहरुमध्ये १०५ वटाको शेयरमूल्य बढ्नुका साथै तीन वटाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जिको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
प्रतिक्रिया