काठमाडौँ ।माकर वितुमाया सुरी हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३६ लाख ६० हजार रुपैयाँको नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको १ करोड १४ लाख ७० हजार रुपैयाँको नोक्सानीभन्दा उल्लेखनीय रूपमा कम हो।
कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ५७.७२ प्रतिशतले वृद्धि भई २५ करोड ९१ लाख ५८ हजार रुपैयाँ पुगेको छ, जसले गर्दा नोक्सानी घटाउन सहयोग पुगेको हो।
यस अवधिमा कम्पनीले १५ करोड ६० लाख १२ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। कम्पनीको चुक्ता पुँजी ७६ करोड रुपैयाँ छ, तर प्रतिसेयर आम्दानी ४८ पैसा ऋणात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ९१ पैसा रहेको छ।
प्रतिक्रिया