वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निजी क्षेत्रलाई प्रोत्साहन गर्न नीतिगत सुधारको आवश्यकता : महासंघ अध्यक्ष ढकाल

अर्थलगानी
२०८१ भाद्र २, आईतवार

 

काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको निजी क्षेत्रलाई संकुचित बनाउने नीतिहरूले आर्थिक वृद्धि अवरुद्ध भएको बताउँदै, नीतिगत सुधारको आवश्यकता औंल्याएका छन्। महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले विगत दुई वर्षदेखि उद्योगहरू ४० प्रतिशत क्षमतामा मात्र सञ्चालन भइरहेको र रोजगारीका अवसरहरू घटेको बताए।

ढकालले 1960 मा नेपाल र दक्षिण कोरियाको प्रतिव्यक्ति आयमा ठूलो अन्तर नहुँदा पनि आज कोरियाले 51 हजार डलरको आयसम्म प्रगति गरेको उदाहरण दिँदै, नेपालमा निजी क्षेत्रलाई काम गर्न दिइएको अवसर सीमित भएको बताए।

सामाजिक न्यायसहितको खुला बजार अर्थतन्त्र अपनाएको नेपालले निजी क्षेत्रलाई अवरोध नगरी काम गर्न दिनुपर्ने र नाफामाथि कर लगाएर राज्यले सामाजिक न्यायको प्रत्याभूति गर्नुपर्नेमा जोड दिए। साथै, उनले संसदमा विचाराधीन निजी क्षेत्र सम्बन्धी डेढ दर्जन कानुनहरूबारे सचेत गराउँदै, ती कानुनहरू जस्ताको तस्तै पारित भए अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी दिए।

ढकालले सरकार र निजी क्षेत्रबीचको समन्वय अभावले अर्थतन्त्रको दीर्घकालीन विकासमा बाधा पुर्याएको उल्लेख गर्दै, नीतिगत स्थायित्वको आवश्यकता र सरकारका सरोकारवाला निकायबीच समन्वयका लागि सुधार आयोग गठनको प्रस्ताव पनि राखेका छन्।

कार्यक्रममा उनले हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति र पर्याप्त बैंक लगानीको संभावना रहेको बताए। उनले थाइल्याण्ड भ्रमणका क्रममा नेपाल-थाइल्याण्ड बिजनेस फोरमको आयोजना, लगानी सम्मेलनमा ८ वटा कानुनमा सुधार गर्ने प्रयासजस्ता पहलहरूले विदेशी लगानीलाई आकर्षित गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी