वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको प्रतिफल बैंक खातामा जम्मा

अर्थलगानी
२०८१ भाद्र १४, शुक्रबार

काठमाडौँ। एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको १० प्रतिशत प्रतिफल सम्बन्धित शेयरधनिको बैंक खातामा जम्मा भएको छ। बैंकले आज एक सुचना जारी गर्दै यसको जानकारी गराएको हो।

बैंकका अनुसार कोष प्रबर्द्धकमा एनआईसी एशिया बैंक लिमिटेड, योजना व्यवस्थापकमा एनआईसी एशिया क्यापिटल रहेको र एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस फण्ड (खुलामुखी योजना) ले आर्थिक वर्ष २०८०।८१ का लागि १० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो ।

फण्डले इकाईधनीको हितग्राही खातामा बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अद्यावधिक गरिएका इकाईधनीको सम्बन्धित बैंक खातामा भदौ ९ गतेदेखि प्रतिफल वितरण गरिएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी