वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको क्लब अचिभर्स इभेन्ट २०८१ सम्पन्न

अर्थलगानी
२०८१ भाद्र १९, बुधबार

काठमाडौं  । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले २०८१ को क्लब अचिभर्स इभेन्ट भव्य रूपमा सम्पन्न गरेको छ। द सोल्टी काठमाडौंमा आयोजित कार्यक्रममा देशभरिका शाखा तथा उपशाखामा कार्यरत र क्लब योजनामा सहभागी अभिकर्ताहरूलाई सम्मान गरिएको थियो।

कम्पनीका अध्यक्ष रतन लाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, र उच्च व्यवस्थापन समूहको उपस्थितिमा आयोजित कार्यक्रममा अध्यक्षले अभिकर्ताहरूको योगदान प्रति आभार व्यक्त गरे। शिवनाथ पाण्डेले भविष्यमा अभिकर्ताहरूलाई प्रोत्साहित गर्ने कार्यक्रमहरू ल्याउने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा २००२ की मिस नेपाल माल्विका सुब्बा संचालिका थिइन् भने हास्य कलाकार जितु नेपाल र नेपाल आइडल सिजन ५ का विजेता करन परियारले मनोरञ्जनात्मक प्रस्तुति दिए। नृत्यका कार्यक्रमहरूले पनि माहोललाई थप रौनक बनाएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी