वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चार बैंकद्वारा १३.३५ करोड कित्ता अग्राधिकार शेयर निष्कासनको तयारी

अर्थलगानी
२०८१ भाद्र २०, बिहीबार

काठमाडौं । नेपालमा सञ्चालन रहेका चार वटा बैंकहरुले १३ करोड ३५ लाख कित्ता अग्राधिकार शेयर निष्काशन गर्ने भएका छन् । बैंकहरु पूँजीकोषको दबाबका कारण पूँजीकोष सुदृढ गर्नअग्राधिकार शेयर जारी गर्न लागेका हुन् ।
नबिल बैंक, एनआइसी एशिया बैंक, एनएमबि बैंक, र कामना सेवा विकास बैंकले अग्राधिकार शेयर जारी गर्ने भएका हुन्। नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको ८ प्रतिशत ब्याजदरमा अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ। एनआईसी एशिया बैंकले ५ करोड कित्ता शेयर ८.५ प्रतिशत ब्याजदरमा, एनएमबि बैंकले ३ करोड कित्ता शेयर ८.२५ प्रतिशत ब्याजदरमा, र कामना सेवा विकास बैंकले ३५ लाख कित्ता शेयर ९ प्रतिशत ब्याजदरमा जारी गर्ने निर्णय गरेका छन्। बैंकहरूले पूँजी जुटाउने प्रक्रियालाई गत वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा उल्लेखित निर्देशनअनुसार अघि बढाएका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी