वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से सूचकांकमा २५.४६ अंकको गिरावट:२७०० अंकको मनोवैज्ञानिक स्तरमा बजार

अर्थलगानी
२०८१ भाद्र २३, आईतवार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकांक आइतबार २५.४६ अंक घटेर २७०१.९० अंकमा आइपुगेको छ। यसले २७०० अंकको मनोवैज्ञानिक स्तरमा बजार पुगेको देखाउँछ ।
यस दिन १० अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ, जसमा ४ कम्पनी सकारात्मक सर्किट लेबलमा रहेका छन्। १३ वटा समूह मध्ये ३ समूहका सूचकांकमा मात्र वृद्धि भएको छ।

यस दिन ३२८ कम्पनीको २ करोड २२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा रहेको छ भने, एचआइडीसीएल संस्थापक र ग्रीन लाइफ हाइड्रोपावर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी