वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आर्थिक सुधारको आधार तयार हुँदैछ: अध्यक्ष ढकाल

अर्थलगानी
२०८१ भाद्र २४, सोमबार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गएको बताएका छन्।

सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगम (IFC) का दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका क्रममा अध्यक्ष ढकालले नेपालका आर्थिक संरचनामा सुधारको सम्भावनाबारे चर्चा गरेका हुन्।

अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघले दिएको सुझावहरूलाई सरकारले ग्रहण गर्दै नयाँ सुधारका कदमहरू चालेको जानकारी दिए। उनले सरकार, निजी क्षेत्र, र अन्तर्राष्ट्रिय विकास साझेदारहरूबीचको सहकार्यबाट आर्थिक वृद्धिलाई तीव्रता दिन सकिने विश्वास व्यक्त गरे। “स्थानीय र अन्तर्राष्ट्रिय बजारमा व्यवसायहरूको प्रतिस्पर्धात्मकता सुधार्न महासंघ र IFC मिलेर काम गर्न सक्छन्,” ढकालले भने।

भेटघाटका क्रममा अध्यक्ष ढकालले महासंघ र IFC ले संयुक्त रूपमा प्रकाशित गरेको नेपालमा निजी क्षेत्रको अवस्था’ शीर्षकको प्रतिवेदनको महत्त्वबारे चर्चा गरे। उनले भने, “यो प्रतिवेदन व्यवसायिक समुदाय र नीतिनिर्माताहरूका लागि एक महत्वपूर्ण दस्तावेज बनेको छ।”

ढकालले महासंघ र IFC को सहकार्यमा निजी क्षेत्रमा ESG (Environment, Social, Governance) कार्यक्रम ल्याउन प्रयास भइरहेको पनि बताए। अन्तर्राष्ट्रिय वित्त निगमको विशेषज्ञता र महासंघको स्थानीय व्यवसाय समुदायसँगको सशक्त सम्बन्धले नेपालको आर्थिक परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको विश्वास छ।

अन्तर्राष्ट्रिय वित्त निगमका क्षेत्रीय निर्देशक इमाद फाखौरीले पनि नेपालमा आर्थिक सुधारको लागि सार्वजनिक–निजी साझेदारीहरूलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए। उनले नेपालले केही आर्थिक चुनौतीहरूको सामना गरिरहेको भए पनि विकासका लागि पर्याप्त अवसरहरू रहेको बताए।

भेटघाटले नेपालमा आर्थिक सुधारको दिशामा विभिन्न क्षेत्रहरूबीचको सहकार्यलाई थप प्रोत्साहन दिने आशा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी