काठमाडौं । प्योर इनर्जी लिमिटेड आगामी केही वर्षका लागि उच्च ऋण भारमा रहँदै आएको छ। केयर रेटिङ नेपालका अनुसार कम्पनीको ब्याजदर अस्थिर फ्लोटिङ्ग दरमा आधारित छ। जसमा आधार दरमा प्रिमियम थप गरिन्छ र यो दर हरेक महिना परिवर्तन हुनेछ। नेपालको बैंक तथा वित्तीय संस्थाहरूको आधार दर तरलतासँग जोडिएको हुँदा ब्याजदरमा अस्थिरता देखिएको छ। जसले कम्पनीको नाफामा कमी ल्याउने सम्भावना छ।
तर प्योर इनर्जीले आफ्नो ऋणमा प्रिमियम दर कम गर्न र आंशिक ऋणहरूलाई कम दरमा सट्टाबजारमा बदल्न सफल भएको छ। साथै हालका केही महिनामा ब्याजदर घट्दै गएकोले निकट भविष्यमा कम्पनीको वित्तीय भार कम हुने सम्भावना रहेको देखिएको हो ।
कम्पनीले मोनो क्रिस्टलाइन बाइ–फेसियल प्रविधिको सोलार प्यानल जडान गरेको छ । जसले न्यून क्षय दर र उच्च ऊर्जा उत्पादन दक्षता प्रदान गर्ने अपेक्षा गरिएको छ। तर जलवायु परिस्थितिहरू, मोड्यूलको क्षय, र प्रविधिगत जोखिमहरूले लक्षित क्षमता उपयोगमा चुनौती पुर्याउन सक्छ।
प्योर इनर्जीलाई गोल्यान समूह र रेनेर्गो डेभलपर्सको सहकार्यमा प्रवर्धित गरिएको हो। गोल्यान समूहले नेपालमा जलविद्युत्, बैंकिङ, बीमा, रियल स्टेट, कपडा, आतिथ्य, र ऊर्जा क्षेत्रमा आफ्नो बलियो उपस्थिति देखाएको छ। रेनेर्गो डेभलपर्स, भारतमा आधारित नवीकरणीय ऊर्जा विकासकर्ता हो, जसले सौर्य ऊर्जा परियोजनाहरूको स्थापना गर्ने पूर्ण प्रक्रिया सम्पन्न गर्न सक्षम छ।
प्योर इनर्जीले नेपाल विद्युत प्राधिकरणसँग २० मेगावाट सौर्य ऊर्जा खरिदका लागि २५ वर्षका लागि पावर खरिद सम्झौता गरेको छ, जसमा प्रतियुनिट ७।३० रुपैयाँको दर तोकिएको छ। नेपाल सरकारले विद्युत उत्पादनलाई प्राथमिकता क्षेत्रका रूपमा घोषणा गरेको छ र निजी क्षेत्रको संलग्नतालाई बढावा दिने प्रयास गर्दै विभिन्न कर छुट र सुविधाहरू प्रदान गर्दै आएको छ।
कम्पनीको वार्षिक आर्थिक प्रदर्शनमा आय २९ मिलियन रुपैयाँ पुगेको छ, एद्यक्ष्ीम्त् मार्जिन ९९.०४ प्रतिशत रहेको छ भने ब्याज कवरेज अनुपात १.४३ रहेको छ।
२०७५ सालमा स्थापना भएको प्योर इनर्जीले नेपालमा २० मेगावाट ग्रिडसँग जोडिएको सौर्य पीभी परियोजना सञ्चालनमा ल्याएको छ । जसले दीर्घकालीन नवीकरणीय ऊर्जा आपूर्तिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया