काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने योग्य अभिकर्ताहरूलाई सम्मान गर्दै “मिट द सीईओ” कार्यक्रम सम्पन्न गरेको छ। मधेश प्रदेशका करिब ३० जना अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख र शाखा प्रमुखहरूको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । यो विशेष डिनर कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले सहभागी सबैलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरेका थिए।
कार्यक्रममा सीईओले मेहनत र लगनशीलताको कदर गर्दै अर्ली क्वालिफायर विजेताहरू र सर्टिफिकेट अफ एक्सिलेन्सू प्राप्त गर्ने अभिकर्ताहरूलाई विशेष सम्मान गरे। यस अवसरमा उनले मधेश प्रदेशबाट सुरु भएको यो सम्मान कार्यक्रम आगामी दिनमा अन्य प्रदेशहरूमा पनि विस्तार गरिने जानकारी दिए।
प्रमुख कार्यकारी अधिकृतले आफ्नो सम्बोधनमा मिट द सीईओ स्किममार्फत ३०० भन्दा बढी अभिकर्ताहरूलाई छनोट गरिएकोमा खुशी व्यक्त गर्दै गरे । मधेश प्रदेशबाट ३० जना अभिकर्ता छनोट हुन सफल भएकोले योजना अत्यन्तै सफल रहेको समेत उनले बताए। उनले यस स्किमले अभिकर्ताहरूको मनोबल उच्च बनाएको र आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमहरू ल्याइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागी अभिकर्ताहरूले बीमा व्यवसायमा आफूहरूले सामना गरेका समस्या, गुनासोहरू र कम्पनीले सुधार गर्नुपर्ने पक्षहरूको बारेमा सीईओसमक्ष प्रत्यक्ष छलफल गर्ने अवसर पाएकोमा सन्तुष्टि व्यक्त गरे। उनीहरूले कम्पनी र अभिकर्ताहरूबीचको सम्बन्ध अझ मजबुत बनाउनका लागि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव पनि दिए।
प्रतिक्रिया