काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनी सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। मिति २०८१ असोज ६ गते (आइतबार) कुपण्डोलस्थित सि.बि.आई.एल. सेक्युरिटिजको कार्यालय परिसरमा संचालक समितिका अध्यक्ष सप्तमान बज्राचार्यको अध्यक्षता र सिटिजन्स बैंकका चिफ फाइनान्स अफिसर प्रमेश राज कायस्थको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
साधारण सभामा लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात नाफा–नोक्सानी हिसाब नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरियो। कम्पनीले आ।व। २०८०\८१ को वितरणयोग्य मुनाफाबाट ५.२६५ नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ।
नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त ब्रोकर नं. ९१ सि.बि.आई.एल. सेक्युरिटिजले ललितपुर, कुपण्डोलस्थित कार्यालयमार्फत धितोपत्र कारोबार सेवा प्रदान गर्दै आएको छ। साथै कम्पनीले सिटिजन्स बैंकका सबै शाखामार्फत ब्रोकर खाता खोल्ने सेवा समेत उपलब्ध गराइरहेको छ
प्रतिक्रिया