वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगानीकर्ता अग्रवालद्धारा सिप्ला सेक्युरिटिजविरुद्ध नेप्सेमा कारवाहीको माग गर्दै उजुरी दर्ता

अर्थलगानी
२०८१ आश्विन ७, सोमबार

काठमाडौँ। लगानीकर्ता दिपेन्द्र अग्रवालले स्टक ब्रोकर सिप्ला सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. २०( विरुद्ध नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा औपचारिक उजुरी दर्ता गरेका छन्। उनले सिप्ला सेक्युरिटिजको अनियमितताका बारेमा सूचना दिँदै उचित कारबाहीको माग गरेका हुन्।

अग्रवालका अनुसार सिप्ला सेक्युरिटिजले २०८१ जेठ ९ मा रकम भुक्तानी गरी निस्सा पेश गर्न आदेश दिँदा पनि आफ्नो जिम्मेवारी पूरा नगरेको छ। उनले नेप्सेलाई जानकारी गराए अनुसार ब्रोकरले उनलाई हिसाब मिलानका लागि बोलाएको भए पनि कुनै मितिमा वा माध्यमबाट सोको पुष्टि गरिएको छैन।

अग्रवालले ब्रोकरलाई व्यापार भइसकेपछि विक्रेतालाई रकम भुक्तानी गर्नुपर्ने कानुनी दायित्व रहेको र विक्रेताले अनिवार्य रूपमा उपस्थित हुनुपर्दैन भन्ने कुरा स्पष्ट गरेका छन्। उनले विदेशमा रहेका लगानीकर्तालाई पनि यस प्रक्रियामा बोलाउने चलनप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

साथै उनले नेप्सेका केही कर्मचारी सिप्ला सेक्युरिटिजको गतिविधिमा संलग्न रहेको आशंका व्यक्त गर्दै तुरुन्त कारबाहीको आग्रह गरेका छन्। अग्रवालले ब्रोकरहरूले लगानीकर्ताबाट २० प्रतिशतसम्मको ब्याज असुल्ने कार्यमा नेप्सेले आँखाचिम्लेर बसेको भन्दै आलोचना गरेका छन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी