काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा असोज २९ गते धनकुटाको हिलेमा आयोजना गर्ने भएको छ। सभा बिहान ९ बजे होटल कान्जिरोवामा बस्नेछ।
सभामा कम्पनीले चालू आर्थिक वर्षका लागि १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साथै, अन्य उपयुक्त लघुवित्तहरूसँग मर्जर वा एक्विजिशनसम्बन्धी कार्यहरू गर्न तथा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छलफलमा ल्याइने कम्पनीले जनाएको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। असोज १५ गतेसम्म कायम शेयरधनीहरूले मात्र साधारण सभामा सहभागी भई प्रस्तावित लाभांश पाउनेछन्।
प्रतिक्रिया