काठमाडौँ । रिलायबल लाइफ इन्स्योरेन्सले दिपेशबाबु तिवारीलाई कम्पनी सचिवको रूपमा नियुक्त गरेको छ। कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले तिवारीलाई सचिवमा चयन गरेको हो। तिवारी हाल वरिष्ठ सहायक महाप्रबन्धकको पदमा कार्यरत छन् र उनको नियुक्ति कात्तिक १ गतेदेखि लागू हुनेछ।
हालका कम्पनी सचिव नारायणहरि अधिकारीले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि तिवारीलाई सचिवको जिम्मेवारी दिइएको हो। अधिकारीको राजीनामा स्वीकृत गर्दै तिवारीलाई सचिवको जिम्मा दिनेको निर्णय गरिएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया