वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आदर्शलाई प्राप्ति गरेर डिप्रोक्स लघुवित्तले सुरु गर्यो एकीकृत कारोबार

अर्थलगानी
२०८० असार २, शनिबार

काठमाडौँ। आदर्श लघुवित्तलाई प्राप्ति गरेर डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आज असार १ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ।

एकीकृत कारोबारको शुभारभ्भ डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनालले आदर्श लघुवित्तको वुद्धनगर शाखाकी असल ग्राहक सदस्य विद्यालक्ष्मी श्रेष्ठलाई एमपास बुक दिई तथा ब्यानर अनावरण गरी गरेका हुन्।

कार्यक्रममा संस्थापक अध्यक्ष्य पिताम्बरप्रसाद आचार्यले शुभकामना दिए। कार्यक्रममा मर्जर तथा एक्विजिसन समितिका संयोजक वासुप्रसाद उपाध्याय र सदस्य सुसन कर्माचार्यले प्राप्तिसम्बन्धी कार्यमा आफ्नो अनुभव सुनाए।

दुवै संस्थाका सञ्चालक समितिका सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा डिप्रोक्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तव्यसहित संस्थाको एकीकृत कारोबारपछिको अवस्थाका बारेमा जानकारी गराए।

सुरुमा ८१ लाख २० हजार चुक्ता पँुजीबाट शुरु भएको यो संस्थाको एकीकृत कारोबारपश्चात् चुक्तापुँजी १ अर्ब ५५ करोड १० लाख पुगेको छ। अब संस्थाको कार्यक्षेत्र ७३ जिल्ला र शाखा सञ्जाल संख्या १५६ पुगेको छ। २ लाख ५९ हजार ९५५ सदस्यको ८ अर्ब ८२ करोड ८८ लाख बचतसमेत लगानीमा रहिरहेको साँवा १९ अर्ब ५६ करोड ५१ लाख पुगेको छ।

कार्यक्रममा साबिक आदर्श लघुवित्तकी अध्यक्ष सूर्यकुमारी श्रेष्ठले मन्तव्य राखेकी थिइन्। डिप्रोक्स लघुवित्तका सस्थापक अध्यक्ष पिताम्बरप्रसाद आचार्य र आदर्श लघुवित्तकी असल ग्राहक सदस्य विद्यालक्ष्मी श्रेष्ठलाई दोसल्ला ओढाइ मायाको चिनो प्रदान गरिएको थियो।

यसका साथै साविक आदर्श लघुवित्तका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यलाई सञ्चालक समितिमा रही पुर्याएको योगदानलाई सम्मान गर्दै डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनालले कदरपत्र तथा दोसल्ला ओढाइ मायाको चिनो प्रदान गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौँ। आदर्श लघुवित्तलाई प्राप्ति गरेर डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आज असार १ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ। एकीकृत कारोबारको शुभारभ्भ डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनालले आदर्श लघुवित्तको वुद्धनगर शाखाकी असल ग्राहक सदस्य विद्यालक्ष्मी श्रेष्ठलाई एमपास बुक दिई तथा ब्यानर अनावरण गरी गरेका हुन्। कार्यक्रममा संस्थापक अध्यक्ष्य पिताम्बरप्रसाद आचार्यले शुभकामना दिए। कार्यक्रममा मर्जर तथा एक्विजिसन समितिका संयोजक वासुप्रसाद उपाध्याय र सदस्य सुसन कर्माचार्यले प्राप्तिसम्बन्धी कार्यमा आफ्नो अनुभव सुनाए। दुवै संस्थाका सञ्चालक समितिका सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा डिप्रोक्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तव्यसहित संस्थाको एकीकृत कारोबारपछिको अवस्थाका बारेमा जानकारी गराए। सुरुमा ८१ लाख २० हजार चुक्ता पँुजीबाट शुरु भएको यो संस्थाको एकीकृत कारोबारपश्चात् चुक्तापुँजी १ अर्ब ५५ करोड १० लाख पुगेको छ। अब संस्थाको कार्यक्षेत्र ७३ जिल्ला र शाखा सञ्जाल संख्या १५६ पुगेको छ। २ लाख ५९ हजार ९५५ सदस्यको ८ अर्ब ८२ करोड ८८ लाख बचतसमेत लगानीमा रहिरहेको साँवा १९ अर्ब ५६ करोड ५१ लाख पुगेको छ। कार्यक्रममा साबिक आदर्श लघुवित्तकी अध्यक्ष सूर्यकुमारी श्रेष्ठले मन्तव्य राखेकी थिइन्। डिप्रोक्स लघुवित्तका सस्थापक अध्यक्ष पिताम्बरप्रसाद आचार्य र आदर्श लघुवित्तकी असल ग्राहक सदस्य विद्यालक्ष्मी श्रेष्ठलाई दोसल्ला ओढाइ मायाको चिनो प्रदान गरिएको थियो। यसका साथै साविक आदर्श लघुवित्तका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यलाई सञ्चालक समितिमा रही पुर्याएको योगदानलाई सम्मान गर्दै डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनालले कदरपत्र तथा दोसल्ला ओढाइ मायाको चिनो प्रदान गरेका थिए।