वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुपर मादी हाईड्रोपावरको लाभांश घोषणा कात्तिक ५ गते साधारण सभाआह्वान

अर्थलगानी
२०८१ आश्विन ९, बुधबार

काठमाडौँ । सुपर मादी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०\८१ का लागि सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय गरेको छ। असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ५५ लाख २६ हजार ३१६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

लाभांश पारित गर्न कम्पनीले कात्तिक ५ गते काठमाडौँको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा १५ औं वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा बिहान ११ बजे सुरु हुनेछ।

साधारण सभामा कम्पनीले पूँजी बृद्धि प्रस्ताव पारित गर्दै, माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानीका लागि सञ्चित मुनाफा कर्जा तथा हकप्रद सेयर जारी गर्न विशेष प्रस्ताव ल्याउनेछ। सभामा आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन लेखापरीक्षण प्रतिवेदन र लेखापरीक्षकको नियुक्ति जस्ता एजेन्डाहरू पनि छलफल हुनेछ।

साधारण सभा र लाभांश वितरणका लागि कम्पनीले असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी