वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइएमई लाइफ इन्स्योरेन्सद्धारा नयाँ बेस्ट टर्म लाइफ बीमा योजना सार्वजनिक

अर्थलगानी
२०८१ आश्विन ९, बुधबार

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सलेुबेस्ट टर्म लाइफ नामक नयाँ म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ। सरल किफायती र उपयोगी विशेषतासहितको यो योजना विभिन्न पेशामा आबद्ध व्यक्तिहरूलाई लक्षित गरिएको कम्पनीले जनाएको छ । कम्पनीले १८ वर्षभन्दा माथिका व्यक्तिहरूका लागि न्यूनतम ५० हजार रुपैयाँ बीमाङ्क राखेर बीमा लिन सकिने सुविधा प्रदान गरेको छ।

विशेषगरी पहिलो रोजगारमा प्रवेश गर्ने स्वरोजगार, खेलाडी र पेशागत व्यक्तिहरूको रोजाइमा पर्ने यो बीमामा दुर्घटना लाभ र २१ घातक रोगहरूको सुरक्षा पनि समावेश गरिएको छ। यो बीमा योजना घरबाटै अनलाइनमार्फत सहज रूपमा लिन सकिने व्यवस्था गरिएको छ भने बीमाशुल्क एकैपटक वा नियमित किस्तामा भुक्तानी गर्न सकिनेछ।

कम्पनीको विज्ञप्तिअनुसार यो योजना अनलाइनका साथै कम्पनीका शाखा र बीमा अभिकर्तामार्फत पनि प्राप्त गर्न सकिन्छ। आइएमई लाइफले बीमा दाबी प्रक्रियामा सरलता र छिटो दाबी भुक्तानी गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी