वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल पुलिस क्लबलाई शिखर इन्स्योरेन्सद्वारा नगदसहित सम्मान

अर्थलगानी
२०८१ आश्विन ९, बुधबार

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको विजेता नेपाल पुलिस क्लबलाई विशेष सम्मान प्रदान गरेको छ। माल्दिभ्समा सम्पन्न प्रतियोगितामा उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेर स्वदेश फर्किएको पुलिस टोलीलाई कम्पनीले नगदसहित सम्मान गरेको हो।

पुलिस क्लबका १६ जना खेलाडी, प्रशिक्षक, र अफिसियललाई जनही ५० हजार १ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ। साथै शिखर इन्स्योरेन्सले सम्पूर्ण खेलाडीको लागि २ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा समेत उपलब्ध गराउने घोषणा गरेको छ।

च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई थप नगद पुरस्कार प्रदान गरिएको थियो। उषा भण्डारी मोस्ट भ्यालुएबल प्लेयर र उत्कृष्ट आउटसाइड हिटर घोषित हुँदै एक लाख रुपैयाँ प्राप्त गरिन्। सुमित्रा रेग्मीलाई उत्कृष्ट मिडल ब्लकर र शान्तिकला तामाङलाई उत्कृष्ट लिबेरोको रुपमा जनही ५०–५० हजार रुपैयाँ प्रदान गरियो। प्रशिक्षक रुपेश विष्ट र सहायक प्रशिक्षक सुशीला थापालाई पनि ५० हजार नगदसहित सम्मान गरियो।

शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल र सीईओ दीपप्रकाश पाण्डेले विजेता टोलीलाई सम्मान गरेका थिए। सीईओ पाण्डेले यो सम्मान नेपाली भलिबलको प्रगति र भविष्यमा अझ ठूलो सहयोगको सुरुवात भएको बताउँदै खेलको विकासमा निरन्तर साथ दिने प्रतिवद्धता जनाए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी