काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत भएको छ । कोषको ७४ लाख ३९ हजार २५० कित्ता बोनस शेयर सूचीकृत भएको हो। आर्थिक वर्ष २०७९/८० का लागि कोषले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७३६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।
असार ३१ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको लाभांशपछि बोनस शेयरहरू नेप्सेमा सूचीकरण गरिएको हो।
प्रतिक्रिया