वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा बैंकले घोषणा गर्याे लाभांश

अर्थलगानी
२०८१ आश्विन २३, बुधबार

काठमाडौँ। सानिमा बैंकले आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ। बैंकको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रुपैयाँको कुल ५.२६३२ प्रतिशतले हुन आउने ७१ करोड ४८ लाख २२ हजार ८४५.६१ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी