काठमाडौँ। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमीटेडले लगानीकर्ताको लागि प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएको छ । स्वावलम्बन लघुवित्तले आर्थिक वर्ष २०८०–८१ को सञ्चित मुनाफाबाट चुक्तापूँजीको १४.२५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो।
प्रस्तावित लाभांशमध्ये १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.७५ प्रतिशत नगद लाभांश (कुल १५ प्रतिशत) रहेको छ ।
हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ४५ करोड रहेको छ । जसअनुसार कम्पनीले २० करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको बोनस सेयर र १ करोड ८ लाख ७५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।
अब कम्पनीको आगामी वार्षिक साधारणसभाबाट यो अजेण्डा पारित भएपछि सेयरधनीले घोषित लाभांश प्राप्त गर्नेछन् ।
प्रतिक्रिया