वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अपि पावर ५ प्रतिशत बोनस लिन मन छ, त्यसोभय शेयर किन्ने आज अन्तिम दिन

अर्थलगानी
२०८१ कार्तिक १, बिहीबार

काठमाडौँ। अपि पावर कम्पनीले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि कात्तिक २ गते बुक क्लोज गर्ने निर्णय गरेको हुँदा आज नै अन्तिम दिन रहेको हो।

यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र साधारण सभामा सहभागी हुन योग्य हुनेछन् । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले पहिलोपटक ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । जसलाई विद्युत नियमन आयोगले अस्विकृत गरेको थियो । जसपश्चात कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घटाएर ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो ।
कम्पनीको प्रस्तावित लाभांश आगामी कात्तिक ११ गते आयोजना हुने २१ औं वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी