काठमाडौँ। कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको नाफामा गिरावट आएको छ। कम्पनीले सार्वजनीक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो।
जसअनुसार कम्पनीले ४६ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ५० लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसरी कम्पनीको खु्द नाफामा ७.८३ प्रतिशतको गिरावट आएको छ।
कम्पनीले विद्युत बिक्री आम्दानीमार्फत १ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड १० लाख रुपैयाँ आर्जन गरेको थियो ।
यस्तै कम्पनीले १६ लाख ७१ हजार रुपैयाँ प्रशासनिक खर्च र १० लाख ६८ हजार रुपैयाँबराबरको वित्त खर्च गरेको छ ।
कम्पनीको चुक्तापूँजी १२ करोड १८ लाख रुपैयाँ छ भने रिजर्भको आकार ५ करोड ७९ लाख रुपैयाँ रहेको छ । कम्पनीले बैंकबाट ४ करोड ६ लाख रुपैयाँ कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति १ करोड १० लाख र कुल चालु दायित्व १५ लाख ३४ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १५.३१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४७.५२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८१.१९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३७.८२ गुणा कायम भएको छ ।
प्रतिक्रिया