वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युनिलिभर नेपाल लिमिटेडको नाफा र आम्दानी दुवै घट्यो

अर्थलगानी
२०८१ कार्तिक २८, बुधबार

काठमाडौँ। बहु राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको नाफा र आम्दानी दुवैमा गिरावट आएको छ। कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ५२ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४.६३ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आवको पहिलो त्रैमाससम्म ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै कम्पनीको आम्दानी पनि ३.०५ प्रतिशतले घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म २ अर्ब ३५ करोड आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधिसम्म भने २ अर्ब २८ करोड मात्रै आम्दानी गरेको छ ।

कम्पनीको कुल खर्च पनि २.५१ प्रतिशतले घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म १ अर्ब ६७ करोड रुपैयाँ रहेको कम्पनीको खर्च घटेर १ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको रिटेन्ट अर्निङ ९.५४ प्रतिशतले बढेको छ । रिटेन्ड अर्निङको आकार ५ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिकीकरण गरिएको) २०९६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५ हजार ८३६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ५ हजार ८३६ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी