वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजारबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

अर्थलगानी
२०८१ मंसिर ५, बुधबार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ खिच्न लागेको छ। बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।

कात्तिक २८ गते मात्र ५० अर्ब तानेको बैकले पुनः २१ लागि ४० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । बैंकले छोटो अवधिमा लगातार रुपमा बजारबाट पैसा उठाउन लागेको हो ।

बैंकले विभिन्न विशेषता एवं शर्तहरु कायम गरी २१ दिनको लागि निक्षेप संकलनको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी मंसिर २६ गते हुने बैंकले जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन्।

इच्छुक ‘क’ ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी