काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्ना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ३१ हजार ६२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले जारी गरेको सूचना अनुसार यो शेयर हाल कायम शेयरधनीले मात्र खरिद गर्न सक्नेछन्।
शेयर खरिद गर्न इच्छुक शेयरधनीहरूले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल काठमाडौं वा कुमारी बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ। यस शेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम हुने बैकंले जनाएको छ।
तोकिएको समय भित्र कुनै आवेदन प्राप्त नभएमा बैंकले सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाउनेछ।
प्रतिक्रिया