काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको हो । कम्पनीको मंशिर ५ गते सम्पन्न संचालक समितिको बैठकले कम्पनीले ५० प्रतिशत नगद लाभांश अर्थात् प्रति शेयर ५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको हो ।
सञ्चालक समितिको बैठकले निर्णय गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया