वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लिबर्टी इनर्जीले मंसिर १६ गतेदेखि हकप्रद जारी गर्दै, कहिलेसम्म शेयर किन्नेले पाईन्छ आवेदन दिन

अर्थलगानी
२०८१ मंसिर ७, शुक्रबार

काठमाडौँ। लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्ने मिति तय गरेको छ। कम्पनीले मंसिर १६ गतेबाट हकप्रद सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७५ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

लगानीकर्ताले प्रभु क्यापिटल,लिबर्टी इनर्जी र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

हकप्रदबाट प्राप्त रकम कम्पनीले माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको ऋण भुक्तानीका लागि ५५ करोड रुपैयाँ, यो आयोजना निर्माणका लागि भएको खर्चको बाँकी रकम भुक्तानी गर्न १५ करोड ३२ लाख र कम्पनीद्वारा प्रवद्धित लोदोखोला साना जलविद्युत आयोजनामा लगानी गर्न ४ करोड २४ लाख रुपैयाँ लगानी गर्ने छ ।

यो हकप्रदमा आवेदन दिने अन्तिम मिति पुस ७ गते रहेको छ । हकप्रद सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत कात्तिक २१ गते बुक क्लोज गरेको थियो। यसर्थ कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले ५० प्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २३ गते स्वीकृति पाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी