वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालको प्रचार गर्न होटल व्यवसायीको टोली बंगलादेश प्रस्थान

अर्थलगानी
२०८० असार ४, सोमबार

काठमाडौं । बंगलादेशमा नेपालको प्रचार गर्न होटल व्यवसायीको टोली ढाका प्रस्थान गरेको छ । सोमबार होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा २४ सदस्यीय होटल व्यवसायीको टोली बंगलादेश प्रस्थान गरेको हो । होटल संघ नेपालले नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास बंगलादेशसँगको सहकार्यमा ढाकामा कार्यक्रम आयोजना गर्न लागेको बताएको छ ।

११ जुनमा ढाकामा हुने कार्यक्रममा बंगलादेशका छुट्टाछुट्टै शहरका प्रतिष्ठित पर्यटन व्यवसायी, टुर अपरेटर तथा बंगलादेशी सरकारी विशिष्ट अधिकारी, बंगलादेशका लागि नेपाली राजदूत र पत्रकार उपस्थित रहने छन् । पर्यटन प्रवर्द्धनात्मक एवम् बीटूबी कार्यक्रमबाट बंगलादेश र सो भेगबाट नेपाल आउने पर्यटकको संख्या बढ्ने विश्वास संघले गरेको छ ।

होटल संघ नेपाल र बंगलादेश इन्टरनेसनल होटल एसोसिएसनसँग दुई देशबीच पर्यटन प्रवर्द्धन, तालिम एवम् होटल क्षेत्रमा भएका अभ्यासहरुको आदान प्रदान गर्न समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम समेत रहेको संघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी

काठमाडौं । बंगलादेशमा नेपालको प्रचार गर्न होटल व्यवसायीको टोली ढाका प्रस्थान गरेको छ । सोमबार होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा २४ सदस्यीय होटल व्यवसायीको टोली बंगलादेश प्रस्थान गरेको हो । होटल संघ नेपालले नेपाल पर्यटन बोर्ड र नेपाली दूतावास बंगलादेशसँगको सहकार्यमा ढाकामा कार्यक्रम आयोजना गर्न लागेको बताएको छ । ११ जुनमा ढाकामा हुने कार्यक्रममा बंगलादेशका छुट्टाछुट्टै शहरका प्रतिष्ठित पर्यटन व्यवसायी, टुर अपरेटर तथा बंगलादेशी सरकारी विशिष्ट अधिकारी, बंगलादेशका लागि नेपाली राजदूत र पत्रकार उपस्थित रहने छन् । पर्यटन प्रवर्द्धनात्मक एवम् बीटूबी कार्यक्रमबाट बंगलादेश र सो भेगबाट नेपाल आउने पर्यटकको संख्या बढ्ने विश्वास संघले गरेको छ । होटल संघ नेपाल र बंगलादेश इन्टरनेसनल होटल एसोसिएसनसँग दुई देशबीच पर्यटन प्रवर्द्धन, तालिम एवम् होटल क्षेत्रमा भएका अभ्यासहरुको आदान प्रदान गर्न समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम समेत रहेको संघले जनाएको छ ।