काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५.२३६२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२३६२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
साथै, बोनस सेयर वितरणपछि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पनि बैठकले गरेको छ। यस निर्णयलाई अनुमोदन गर्न कम्पनीले पुस १२ गते काठमाण्डौको आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजे साधारण सभा आयोजना गर्ने जनाएको छ।
साधारण सभा र लाभांश वितरणका लागि मंसिर २१ गते बुक क्लोज गरिनेछ। मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन्।
प्रतिक्रिया