वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेमा दोहोरो अंकको उकालो, कारोबार ९ अर्ब नाघ्यो

अर्थलगानी
२०८१ मंसिर १२, बुधबार

काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.८१ अंकले बढेर २,७५५.४७ विन्दुमा पुगेको छ। लगातार दोस्रो दिन दोहोरो अंकले वृद्धि भएको नेप्से मंगलबार पनि ३३.४१ अंकले उकालो लागेको थियो।

बुधबार कुल ९ अर्ब ३१ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख ८३ हजार कित्ता सेयर कारोबार भएको छ। १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४० कम्पनीको घटेको र ५ कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ।

सर्वाधिक कारोबार जानकी फाइनान्स लिमिटेडको ३४ करोड १ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। साथै, ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी