वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सपोर्ट र फरवार्ड लघुवित्तको लाभांश सुरक्षित गर्न आज अन्तिम मौका

अर्थलगानी
२०८१ मंसिर १३, बिहीबार

काठमाडौँ । सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड लघुवित्तको लाभांश सुरक्षित गर्ने आज मंसिर १३ गते अन्तिम दिन हो। यी लघुवित्तले साधारण सभा र लाभांश वितरणका लागि भोलि मंसिर १४ गते बुक क्लोज गर्दैछन्। आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले मात्र साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन्।

सपोर्ट लघुवित्तले पुस ६ गते सुनसरीको इटहरीमा दशौँ वार्षिक साधारण सभा बोलाएर १३.७७५% बोनस शेयर र ०.७२५% नगद लाभांश वितरणको प्रस्तावसहित मर्जर र नियमावली संशोधनको अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ। फरवार्ड लघुवित्तले मंसिर २८ गते सुनसरीको दुहवीमा १२ औँ साधारण सभा बोलाई १३.३०% बोनस शेयर र ०.७०% नगद लाभांश वितरणसहित अन्य प्रस्तावहरू पारित गर्नेछ।

दुवै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न र लेखापरीक्षक नियुक्तिका प्रस्तावहरूमा निर्णय गर्नेछन्। शेयरधनीहरूले आजभित्र कारोबार पूरा गरेर लाभांश प्राप्त गर्नका लागि आफ्नो शेयर सुनिश्चित गर्नुपर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी