वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

अर्थलगानी
२०८१ मंसिर २५, मंगलवार

काठमाडौँ । आईसीएफसी फाइनान्स लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५.२६३२ प्रतिशत नगद लाभांश पाउने भएका छन्। कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश कर प्रयोजनका लागि समेत समेटिनेछ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ।

आईसीएफसी फाइनान्सले यस कदमलाई सेयरधनीप्रति आफ्नो प्रतिबद्धता र वित्तीय मजबुतिका रूपमा व्याख्या गरेको छ। प्रस्तावित लाभांशले सेयरधनीलाई प्रतिफल उपलब्ध गराउनुका साथै वित्तीय बजारमा कम्पनीको स्थायित्वलाई थप बलियो बनाउने विश्वास लिइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी