काठमाडौँ ।नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औँ वार्षिक साधारण सभा मंसिर २४ गते बनेपास्थित अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको छ ।। सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई करसहित १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, सभाले वासलात नाफा-नोक्सान हिसाब तथा नगद प्रवाहसहितका वित्तीय विवरणहरू पनि अनुमोदन गर्यो।
सभाले ७ लाख ६५ हजार ३७७ कित्ता साधारण सेयर प्रिमियममा जारी गर्न सम्बन्धित निकायबाट स्वीकृति लिएर सार्वजनिक निष्काशन प्रक्रिया अघि बढाउने निर्णय गर्यो।
२०७१ सालमा स्थापना भएको नेशनल माइक्रो फाइनान्सले महिला सहयात्रा र समिट लघुवित्तसँग मर्जर गरी हालको स्वरूप ग्रहण गरेको हो।
प्रतिक्रिया