वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कालिका लघुवित्तद्वारा १० प्रतिशत लाभांश घोषणा

अर्थलगानी
२०८१ मंसिर २६, बुधबार

काठमाडौँ ।कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई कूल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्षको मुनाफाबाट ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो।

लघुवित्तले सो लाभांश वितरणको लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिने र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराई कार्यान्वयनमा लैजाने योजना बनाएको छ।

बोनस शेयर वितरणले कम्पनीको पूँजी विस्तारमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ भने नगद लाभांशले कर प्रयोजनलाई सम्बोधन गर्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी