वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साताको अन्तिम दिन नेप्सेमा गिरावट, ३३ अंकले घट्यो

अर्थलगानी
२०८१ मंसिर २७, बिहीबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घट्दै २,६८२.२९ विन्दुमा सीमित रहेको छ । नेप्से १.२३ प्रतिशतले (३३.४२ अंक) घटेको हो भने सेन्सेटिभ इन्डेक्स १.३८ प्रतिशतले घटेर ४५८.२२ विन्दुमा झरेको हो। एस दिन ३०४ वटा स्क्रिप्टको १.२३ करोड कित्ता सेयर ६ अर्ब १४ करोड रुपैयाँभन्दा बढीमा कारोबार भयो।

धितोपत्र बोर्डमा सुधारको अभाव र लगानीकर्ताको सतर्कताका कारण १३ मध्ये ११ समूहमा गिरावट आयो। फाइनान्स समूह सबैभन्दा धेरै २.६४ प्रतिशतले घट्यो। जानकी फाइनान्सले २६ करोड रुपैयाँभन्दा बढीको सर्वाधिक कारोबार गरेको दिन त्रिशुली जलविद्युत् कम्पनीको सेयरमूल्य ८.५५ प्रतिशतले बढ्यो, भने जानकी फाइनान्सको मूल्य ९.९९ प्रतिशतले घट्दै सबैभन्दा कमजोर रह्यो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी