काठमाडौँ ।अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले पुस १६ गते आफ्नो नवौं साधारण सभा आयोजना गर्ने भएको छ। सभा काठमाडौं नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान १० बजे सुरुहुने कम्पनीले जनाएको छ । । कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेकोले यसपटक सभामा लाभांशसम्बन्धी कुनै पनि एजेन्डा समेटिएको छैन।
सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ। साथै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पारित गर्ने योजना छ। सभामा सञ्चालक समितिका बैठक भत्ताको अनुमोदन र संस्थापक समूहका चार जना सञ्चालकहरूको निर्वाचनसम्बन्धी प्रस्ताव पनि प्रस्तुत हुनेछ।
साधारण सभाका लागि कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअन्तर्गत पुस ७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।
प्रतिक्रिया