वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विद्युत प्राधिकरणले ठूलो संख्यामा खुलायो आवेदन

अर्थलगानी
२०८१ पुष ५, शुक्रबार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा ठूलो संख्यामा आवेदन खुलाएको छ।प्राधिकरणले पाँचौं तहदेखि दशौं तहसम्मका विभिन्न प्रशासनिक र प्राविधिक पदहरूमा ९५३ पदका लागि आवेदन आह्वान गरेको हो । खुला तथा समावेशी प्रक्रियाद्वारा पदपूर्ति गर्ने गरी प्राधिकरणले प्रबन्धक, सहायक निर्देशक, प्रशासकीय अधिकृत, इलेक्ट्रिक इन्जिनियर, लेखा अधिकृत, जियोलिस्टलगायतका पदमा दरखास्त खुलाएको हो।

त्यस्तै, मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर र सिनियर कम्युनिकेसन इक्विपमेन्ट अपरेटर जस्ता पदहरूका लागि पनि आवेदन माग गरिएको छ। इच्छुक आवेदकले अनलाइन प्रणालीमार्फत पुस २५ गतेभित्र आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माघ ३ गतेसम्म आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ।

योग्य उम्मेदवारहरूले आवेदन गर्नका लागि प्राधिकरणको वेबसाइटमा आवश्यक सूचना र विवरण हेर्न सकिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी