काठमाडौँ ।अपर हेवाखोला हाइड्रोपावर लिमिटेडले पुस २६ गते आफ्नो तेह्रौं वार्षिक साधारण सभा बोलाएको छ। सभा अनामनगरस्थित युनियन हाउस पार्टी प्यालेसमा बिहान ११ बजे सुरु हुने छ ।
सभामा आर्थिक वर्ष २०८०/८१ का वार्षिक प्रतिवेदन नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरणलगायत वित्तीय प्रतिवेदनमा छलफल हुनेछ। साथै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरिने एजेन्डा रहेको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने जानकारी दिएको छ। पुस ११ गतेसम्म सेयर खरिद गरेका सेयरधनीहरूले मात्र सभामा सहभागी हुने अधिकार प्राप्त गर्नेछन्। पुस १२ र १३ गते क्रमशः शुक्रबार र शनिबार परेकाले ती दिन सेयर कारोबार नहुने जनाइएको छ।
प्रतिक्रिया