वि.सं. २०८२ असार १९, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लुम्बिनी विकास बैंकद्वारा लाभांश घोषणा

अर्थलगानी
२०८१ पुष ५, शुक्रबार
काठमाडौँ ।लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको ४९० औं सञ्चालक समिति बैठकले ४ प्रतिशत नगद लाभांश (करसहित) र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।

हाल बैंकको चुक्तापूँजी ३ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ रहेको छ। सो आधारमा बैंकले करिब २४ करोड ६२ लाख ६९ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ। प्रस्ताव राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाको अनुमोदनपछि कार्यान्वयनमा आउनेछ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी