काठमाडौँ । गरिमा विकास बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। शुक्रबार बिहान बसेको सञ्चालक समितिको ३१६ औं बैठकले चुक्तापूँजीको आधारमा लाभांश वितरणको निर्णय गरेको हो।
हाल बैंकको चुक्तापूँजी ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ रहेको छ। सोही आधारमा बैंकले करिब २८ करोड ४० लाख २५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।
उक्त प्रस्ताव राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाको अनुमोदनपछि कार्यान्वयनमा आउनेछ।
प्रतिक्रिया