काठमाडौँ ।वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्व रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १ लाख ४५ हजार ४५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार यी सेयर विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकतासहित बिक्री गर्न कम्पनीले आजदेखि आवेदन खुला गरेको छ।
सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा आवेदन दिनुपर्नेछ। निर्धारित समयभित्र कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया