काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले आफ्नै सहायक कम्पनी दार्चुला पावर लिमिटेडमा ७३ करोड रुपैयाँ लगानी गर्ने भएको छ। दार्चुला पावरले दार्चुला जिल्लाको मार्मा गाउँपालिकामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। यसका लागि आवश्यक स्वपूँजीमध्ये ५१.५८२ प्रतिशत हिस्सा अपि पावरले लगानी गर्ने निर्णय गरेको हो।
यो लगानीका साथ अपि पावरले दार्चुला पावर लिमिटेडमा बहुमत सेयर कायम गर्ने योजना बनाएको छ। पुस १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त पावर कम्पनीमा लगानीका लागि निर्णय लिएको हो। दार्चुला पावरको कुल स्वपूँजी १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ रहेको छ।
यसअघि अपि पावर कम्पनीको २१औं वार्षिक साधारण सभाले सञ्चालक समितिलाई सहायक कम्पनीमा लगानी गर्न अख्तियारी प्रदान गरेको थियो।
लेखकको बारेमा

प्रतिक्रिया