वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महुली लघुवित्तको एफपिओमा १७ लाखको हात रित्तो हुने, मात्र ४७ हजार ५४४ ले पाउने सेयर

अर्थलगानी
२०८१ पुष ११, बिहीबार

काठमाडौँ  । महुली लघुवित्त वित्तीय संस्थाले जारी गरेको एफपीओ (फ्रेश पब्लिक अफर) मा १७ लाख ३८ हजार ३०९ लगानीकर्ताको हात रित्तो हुने भएको छ। कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता सेयर जारी गरेको थियो जुन आवेदन मागभन्दा ५२.३४ गुणा बढी परेको छ। कुल २ अर्ब ४८ करोड ८५ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

एफपीओमा १७ लाख ८५ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताको लागि आवेदन दिएका छन्। यसका कारण सेयर वितरणमा ठूलो प्रतिस्पर्धा उत्पन्न भएको छ। अन्तिम सूचीमा ४७ हजार ५४४ लगानीकर्ताले मात्र १०.१० कित्ता सेयर पाउने छन्।

लक्ष्मी सनराइज क्यापिटल कम्पनीको सेयर निष्कासन र बिक्री प्रबन्धकको रूपमा काम गर्दैछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी