वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यी नेप्से सूचीकृत ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थलगानी
२०८१ पुष १४, आईतवार

काठमाडौँ  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।आज कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक,मितेरी डेभलपमेन्ट बैंक,चिलिमे जलविद्युत कम्पनी, छिमेक लघुवित्त,आत्मनिर्भर लघुवित्त र जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी कम्पनीले   पुस १६ गते बुक क्लोज गर्दै लाभांश वितरण र साधारण सभाका लागि तयारी थालेका छन्।

आजसम्म नेप्सेमा कारोबार गरिएका सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्। यी कम्पनीहरूमध्ये कृषि विकास बैंकले ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यस्तै, महालक्ष्मी विकास बैंकले ३ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

चिलिमे जलविद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत, आत्मनिर्भर लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत र जीवन विकास लघुवित्तले १४ प्रतिशत बोनस सेयर र ०.७३८५ प्रतिशत नगद लाभांश गरी १४.७३८५ प्रतिशत वितरणको घोषणा गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी