काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ। परिसूचक ०.८० प्रतिशत अर्थात २१.१२ अंकले घटेर २,६०९.५८ विन्दुमा झरेको हो । बलिया कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५४ प्रतिशतले घटेर ४४८.९९ विन्दुमा सीमित रह्यो। कुल ३१६ स्क्रिप्टको १ करोड १० लाखभन्दा बढी कित्ता सेयर ५ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीमा कारोबार भयो।
यो दिन लघुवित्त समूहमा १.१२ प्रतिशतले वृद्धि भए पनि फाइनान्स समूह ४.४७ प्रतिशतले घट्दै सर्वाधिक प्रभावित देखियो।
कारोबारमा प्रभु बैंक अग्रस्थानमा रह्यो जसको २६ करोड १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। महिला लघुवित्त र आत्मनिर्भर लघुवित्तका सेयरमा सकारात्मक सर्किट लाग्दा, सपोर्ट माइक्रोफाइनान्स र नारायणी डेभलपमेन्ट बैंकलगायतका कम्पनीको सेयरमा लोअर सर्किट लाग्यो।
प्रतिक्रिया